भरतपुरमा स्थानीय निर्वाचनका लागि तयारी पूरा
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन तयारी पूरा भएको छ । बिहीवार मतदान स्थल र निर्वाचन केन्द्रहरुको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले बताए ।
उनले भरतपुर महानगरपालिकासहित चितवनका विभिन्न मतदान स्थलहरूको तयारी पनि पूरा भएको जानकारी दिए । सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कर्मचारी खटाउने, नियुक्ति दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने कार्यहरु सम्पन्न गरेको बताए ।
उनले मतदान स्थलको सबै क्षेत्र सिसिटिभीको निगरानीमा रहने र त्यो क्षेत्रलाई निर्वाचन आयोगले निगरानी गर्नेगरी व्यवस्था गरिएको बताए ।
उनले २ वटा सिसिटिभी क्यामेराले २४ सै घण्टा मतपत्र भण्डारण कक्षलाई निगरानीमा राखेको र त्यो कक्षको डिस्प्लेमार्फत प्रतिनिधिहरूलाई देखाउने पनि व्यवस्था गरेको बताए ।
सूचना अधिकारी पौड्यालले भरतपुर महानगरपालिकाको मतपत्र मतगणना कार्य चितवन उद्योग संघको ब्लक सीको क्षेत्रमा हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण