हेटौँडाको मतगणना शनिबारदेखि मात्र
शुक्रबार, ३० वैशाख २०७९, २३ : १७

हेटौँडा उपमहानगरपालिकाको मतगणना शनिबार बिहानबाट सुरु हुने भएको छ । शुक्रबार राति १०:३० बजे बसेको सर्वदलीय बैठकले शनिबार ७ बजेबाट मत गणना गर्ने सहमति गरेको हो ।
मुख्य निर्वाचन कार्यालय हेटौँडाले हेटौँडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मत गन्ने । चार स्थानमा मत गणनाको व्यवस्था गरिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ । आज सम्पन्न मतदानमा हेटौँडा उपमहानगरपालिकाको कूल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो । हाल मत पेटिका सङ्कलन तथा व्यवस्थापनको काम भइरहेको छ । मत पेटिका प्रहरीको कडा सुरक्षा घेराबीच मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको रोहवरमा मतदान अधिकृत मार्फत बुझ्ने कार्य जारी छ । भोलि बिहानबाट हुने मत गणनामा पहिले हेटौंडाको वडा नम्बर-१,२,१८ र १९ को गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश