हेटौँडाको मतगणना शनिबारदेखि मात्र
शुक्रबार, ३० वैशाख २०७९, २३ : १७
हेटौँडा उपमहानगरपालिकाको मतगणना शनिबार बिहानबाट सुरु हुने भएको छ । शुक्रबार राति १०:३० बजे बसेको सर्वदलीय बैठकले शनिबार ७ बजेबाट मत गणना गर्ने सहमति गरेको हो ।
मुख्य निर्वाचन कार्यालय हेटौँडाले हेटौँडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मत गन्ने । चार स्थानमा मत गणनाको व्यवस्था गरिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ । आज सम्पन्न मतदानमा हेटौँडा उपमहानगरपालिकाको कूल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो । हाल मत पेटिका सङ्कलन तथा व्यवस्थापनको काम भइरहेको छ । मत पेटिका प्रहरीको कडा सुरक्षा घेराबीच मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको रोहवरमा मतदान अधिकृत मार्फत बुझ्ने कार्य जारी छ । भोलि बिहानबाट हुने मत गणनामा पहिले हेटौंडाको वडा नम्बर-१,२,१८ र १९ को गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण