मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेतको वीरेन्द्रनगरमा ११ बजेदेखि मतगणना सुरु हुने

शनिबार, ३१ वैशाख २०७९, ०९ : २२
शनिबार, ३१ वैशाख २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ  । गएराति राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भएपनि सर्वदलीय बैठक बस्न सकेन् । बिहानदेखि जारी सर्वदलीय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो  ।  वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन्।

मतगणना वीरेन्द्रनगरको सिटी हलमा हुने बताइएको छ  । वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन्। नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा  शुक्रबारको निर्वाचनमा ४८ हजार ३०४ (७२.०४ प्रतिशत)ले मतदान गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप