दाङको घोराही उपमहानगर र लमही नगरको मतगणना सुरु
दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। विहान सर्वदलीय बैठक सकिएपछि भर्खरै घोराही उपमहानगरको मतगणना सुरु भएको हो । अहिले घोराही उपमहानगरको १४ नम्बर र १९ नम्बर वडाबाट मतगणना सुरु भएको छ।
घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन्। एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्पर्धामा छन्। अहिले घोराहीको पुरानो बसपार्कमा रहेको सिटी हलमा मत गणना भई रहेको छ।
यस्तै लमही नगरको सर्वदलीय बैठक सकिएपछि वडा नम्बर ९,५ र १ बाट भर्खरै मत गणना सुरु भएको छ । मेयर र उपमेयरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। काँग्रेसबाट मेयरमा जोगराज चौधरी उपमेयरमा लक्ष्मी योगी,एमालेबाट मेयरमा दण्डिराम चौधरी उपमेयरमा सुशीला चौधरी र माओवादी केन्द्रबाट मेयरमा बसन्तराज शर्मा र उपमेयरमा गंगा पाण्डेले उम्मेदवारी दिएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण