मास्टरसेफको जीवनमा फिल्म बनाउँदै रौनियार
‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२१’ का उपविजेता सन्तोष शाहमाथि फिल्म निर्माण हुने भएको छ । निर्देशक दीपक रौनियारले उनको जीवनमाथि फिल्म बनाउने भएका हुन् । निर्देशक रौनियारले शाहमाथि फिल्म बन्न लागेको जानकारी दिए ।
शाहको जीवनका संघर्ष र हासिल गरेको सफलता धेरैका लागि प्रेरणादायक हुने भएकाले फिल्म बनाउने जमर्काे गरेको उनको भनाइ छ । फिल्मका लागि मास्टरसेफ शाहसँगको संवाद सकिएको र स्क्रिप्ट लेखनका लागि काम भइरहेको रौनियारको भनाइ छ । १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष भाँडा माझ्ने काम गरेका थिए । त्यसपछि सन् २०१० को अन्त्यमा बेलायत हानिएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा कार्यरत छन् । नेपाली परिकारलाई विश्वमाझ चिनाउने अभियानमा रहेका मास्टरशेफ शाहलाई नेपाल सरकारले पर्यटन दूतमा समेत नियुक्त गरेको छ ।
निर्देशक रौनियारले आफ्नो पाइपलाइनमा रहेको फिल्म ‘द स्काइ इज माइन’को छायांकन पूरा गरेपछि सन्तोष शाहको जीवनीमा फिल्म बनाउनेछन् । रौनियारले यसअघि फिल्म ‘सेतो सूर्य’ को निर्देशन गरेका थिए । ‘द स्काइ इज माइन’मा भारतकी अभिनेत्री तनिष्ठा चटर्जीको मुख्य भूमिका रहनेछ भने आशा मगराती र दयाहाङ राईको पनि अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण