रोल्पाको गंगादेवमा काँग्रेसको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १७ : १८
रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्र, काँग्रेस र नेकपा एमालेको त्रिपक्षीय भिडन्तमा काँग्रेसले अग्रता लिएको हो । माओवादी केन्द्रले एकीकृत समाजवादीसँग तालमेल गरेको थियो ।
काँग्रेसका अध्यक्ष उम्मेदवार हरिबहादुर पुनले ९२३ मत, एमालेका रोशन ओलीले ७११ मत र माओवादीका वीरबहादुर खत्रीले ४९४ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा काँग्रेसकी अमृताकुमारी केसी ओलीले ८९७ मत, एमालेकी निर्मलाकुमारी ओलीले ६५७ मत र एकीकृत समाजवादीका संयूक्त उम्मेदवार नेपबहादुर डाँगीले ३८७ मत ल्याएका छन् ।
विप्लव समुहका चुडामणि ओलीले १५४ मत र उपाध्यक्षमा शुशिला ओलीले ४२ मत मात्रै ल्याएकी छिन् । गंगादेवमा त्रिपक्षीय भिडन्त भएकाले माओवादीले जित्ने सम्भावना कम देखिएको छ । यसअघि अध्यक्ष र उपाध्यक्ष दुबै माओवादीले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण