कलाकार ‘डिठ्ठा साहेब’ वडा सदस्यमा विजयी
आइतबार, ०१ जेठ २०७९, १० : १८
‘डिठ्ठा साहेब’को नामले परिचित चर्चित कलाकार किशोर भण्डारी वडा सदस्य पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि उम्मेदवारी दिएका भण्डारीले विजय हासिल गरेका हुन् ।
भण्डारीले एक तस्बिर सार्वजनिक गर्दै आफू विजयी भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौ टेलिसिरियल अभिनय गरेका भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा समेत देखिँदै आएका छन् । भण्डारी फिल्मका निर्देशक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण