शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले १४ स्थानीय तह जित्दा खोस्यो काँग्रेसका यी ७ क्षेत्र (विवरणसहित)

आइतबार, ०१ जेठ २०७९, १९ : ३५
आइतबार, ०१ जेठ २०७९

वैशाख ३० गते निर्वाचन सम्पन्न भएका स्थानीय तहहरुमा मतगणनाको काम जारी रहेको छ । हालसम्म एमालेले प्रमुख पदमा १४ स्थानीय तहमा विजयी भएको छ भने उप्रमुख पदमा ११ स्थानीय तहमा विजय हासिल गरेको छ । 
२०७४ सालमा काँग्रेसले जितेका ७ स्थानीय तह र स्वतन्त्र उम्मेदवारले जितेका २ स्थानीय तहमा एमालेले आफ्नो जित दर्ता गरेको छ । 
यी हुन एमालेले जितेका १४ स्थानीय तह र २०७४ सालको परिणाम 
१) चामे गाउँपालिका, मनाङ 
मनाङको चामे गाउँपालिका गाउँपालिका अध्यक्षमा एमालेमा लोकबहादुर घले निर्वाचित भएका छन् । उनले ३ सय २० मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी छिरिङ दोर्जे लामाले २ सय ७९ मत पाएका छन् । 
२०७४ सालको स्थानीय तहमा यो गाउँपालिकामा उनै घले निर्वाचित भएका थिए । त्यतिबेला उनले २ सय १४ मत पाएका थिए । 
२) शे फोक्सुन्डो गाउँपालिका, डोल्पा
शे फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ विजयी भएका छन् । २०७४ सालमा पनि एमालेकै टासी तुण्डुप गुरुङ विजयी भएका थिए । 
३) डिस्याङ गाउँपालिका, मनाङ
मनाङको डिस्याङ गाउँपालिकामा एमालेका कान्छा घले ८ स ६१ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाएका छन् । २०७४ सालमा यो गाउँपालिकामा एमालेका कान्छा घले ६ सय २७ मत ल्याएर विजयी भएका थिए ।
४) थासाङ गाउँपालिका, मुस्ताङ
मुस्ताङको थासाङ गाउँपालिकामा एमालेका प्रदिप चौचन विजयी भएका छन् । उनले ११ सय ४४ मत पाएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार बालकुमारी शेरचनले १ हजार ५५ मत पाएका छन् । 
२०७४ सालमा यो गाउँपालिकामा काँग्रेसका बुद्धिप्रसाद शेरचनले ७२८ मत ल्याएर विजयी भएका थिए । 

५) लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
यो गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट ६ सय ८९ मत पाएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीले १ सय ८५ मत पाएका छन् । 
२०७४ सालको स्थानीय तहमा यो स्थानीय तहमा स्वतन्त्र उम्मेदवार लोप्साङ छोम्पेल विष्ट ७ सय ५५ मत ल्याएर विजयी भएका थिए । 
६) लोमान्थाङ्ग गाउँपालिका, मुस्ताङ
मुस्ताङको लोमान्थाङ्ग गाउँपालिका अध्यक्षमा ६ सय ६८ मत पाएर एमालेका टसी नुर्बु गुरुङ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका टासी गुरुङले ५ सय १४ मत पाएका छन् । 
२०७४ सालको चुनावमा यहाँ नेपाली काँग्रेसका सुवर्णकुमार विष्ट ६ सय ३ मत पाएर विजयी भएका थिए । 

७) वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
यो गाउँपालिका अध्यक्षमा एमालेका रिङजीन नामगेल गुरुङ ८ सय ६७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका आङजेन गुरुङले ५ सय ७७ मत ल्याएका छन् । 
२०७४ सालको स्थानीय चुनावमा यो गाउँपालिकामा काँग्रेसका फेन्चोक छेप्तेन गुरुङ ६ सय ५४ मत ल्याएर विजयी भएका थिए । 

८) मालिका गाउँपालिका, म्याग्दी 
यो गाउँपालिका अध्यक्षमा एमालेका बेग प्रसाद गर्बुजा ३ हजार ९१ मत पाएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्री प्रसाद रोकामगरले २ हजार ९ सय ७० मत पाएका छन् । 
२०७४ सालको स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकामा नेपाली काँग्रेसका श्रीप्रसाद रोकामगर २७ सय ६ मत ल्याएर विजयी भएका थिए । 

९) बौदीकाली गाउँपालिका, नवलपुर
यो गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा ३ हजार ९ सय ७६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्क बहादुर रानाले ३ हजार ५ सय ४१ मत ल्याएका छन् । 
२०७४ सालको स्थानीय तहमा यहाँ नेपाली काँग्रेसका दुर्गाबहादुर राना विजयी भएका थिए । उनले ३ हजार १ सय ९१ मत ल्याएका थिए । 

१०) थलारा गाँउपालिका, बझाङ
यो गाउँपालिका अध्यक्षमा एमालेका प्रकाशबहादुर रोकाया २७ सय ७४ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २१ सय १२ मत पाएका छन् । 
यो गाउँपालिकामा २०७४ सालमा एमालेकै भुवनेस्वर उपाध्याय २७ सय ७८ मत पाएर निर्वाचित भएका थिए । 

११) खुम्वु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु

यो गाउँपालिका अध्यक्षमा एमालेका मिङ्माछिरी शेर्पा २ हजार २८ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका चुङब शेर्पाले १६ सय ९ मत पाएका छन् । 
२०७४ सालको चुनावमा पनि एमालेकै ङिमदोर्जी शेर्पा १४ सय २४ मत ल्याएर विजयी भएका थिए । 

१२) साइपाल गाँउपालिका, बझाङ
यो गाउँपालिका अध्यक्षमा एमालेका मानवीर बोहोरा ६ सय ७५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका उजले बोहोराले ६ सय १३ मत पाएका छन् । 
२०७४ सालको चुनावमा यो स्थानीय तहमा काँग्रेसका राजेन्द्रबहादुर धामी ३ सय ९४ मत पाएर विजयी भएका थिए । 
१३) हरिनास गाउँपालिका, स्याङ्जा

यो गाउँपालिका अध्यक्षमा एमालेका खिम नारायण मानन्धर ४ हजार ७ सय ६९ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका टोपबहादुर भुजेल ४ हजार ७ सय ३१ मत पाएका छन् । २०७४ सालमा पनि यहाँ एमाले नै विजयी नै भएको थियो  । 

१४) महाकाली नगरपालिका, दार्चुला
यो नगरपालिका प्रमुखमा एमालेका नरसिंह चैसिर ५ हजार ३ मत पाएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८८ मत पाएका छन् । २०७४ सालमा यहाँ काँग्रेसले जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप