यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार देशभर आंशिक देखि सामान्य बदली बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता बुधबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन / चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बिहीबार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन / चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।