पहिले दुवैले सँगै हारे, अहिले एकले पार्टी फेरेर अर्कालाई हराए
०७४ सालको स्थानीय तह निर्वाचनमा दैलेख जिल्लाको आठबीस नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवार बनेका तर्कबहादुर बडुवाल यो पटक सोही पदमा नेकपा एमालेबाट निर्वाचित भएका छन् । बडुवाल ५ हजार ३२७ मत ल्याएर निर्वाचित भएका हुन् ।
०७४ मा नगर प्रमुख पदमा एमालेले जितेको थियो । अघिल्लो निर्वाचनमा यो नगरको प्रमुखमा एमालेका खड्गराज उपाध्याय निर्वाचित भएका थिए । त्यतिबेला बडुवाल सँगसँगै नेपाली काँग्रेसका प्रेमप्रकाश शाही पनि पराजित भएका थिए । तर अहिले बडुवालले पार्टी फेरेर नगरप्रमुख पद जितेका छन् भने शाही यो पटक पनि पराजित भए । उनले ५ हजार ६६ मत ल्याए । बडुवालले २६१ मतान्तरमा शाहीलाई पराजित गरे ।
०७४ को निर्वाचनमा नगर प्रमुखमा एमालेका खड्गराज उपाध्याय ३ हजार ९२७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका शाहीले ३ हजार ८८० र नेमकिपाका बडुवालले दुई हजार १०४ मत पाएका थिए । ३५ वर्षभन्दा बढी नेमकिपाबाट राजनीति गरेका बडुवाल एमालेमा प्रवेश गरेका थिए । नेमकिपामा हुँदा उनी केन्द्रीय सदस्य, जिल्ला सचिवालय सदस्य भएर काम गरेका थिए ।
नगर प्रमुखमा लगातार दोस्रो पटक पराजित भएका काँग्रेस नेता शाहीले भने आफु पराजित हुनुको मुख्य कारण जातीयता भएको बताए । उनले फेसबुकमा लेखेका छन्, ‘मेरो लडाइँ विचारको थियो । जातसँग थिएन तर भोगियो । अग्रिम बधाई छ आदरणीय मामा तर्क बडुवाललाई ।’ शाहीले निर्वाचित बडुवाललाई मामा भनेर बधाई दिएका छन् ।
यस्तै उपप्रमुखमा पनि यो पटक एमालेले नै जितेको छ । एमालेका कल्पना थापाले ५ हजार ११३ मत ल्याएर जितेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी निशा थापाले ४ हजार ९६५ मत प्राप्त गरिन् । ०७४ मा भने उपप्रमुख काँग्रेसले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण