बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विष्णु पौडेलको वडामा काँग्रेस विजयी

शुक्रबार, ०६ जेठ २०७९, १० : ०२
शुक्रबार, ०६ जेठ २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्ष नेपाली काँग्रेसले जितेको छ । एमालेका  बुटवल पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मतान्तरले पछि पार्दै काँग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका हुन् । अघिल्लो पटक एमालेले जितेका वडा अहिले काँग्रेसले खोसेको हो । 

एमालेको गढको मानिएको उक्त वडामा ३ हजार ४३० मत खसेको थियो । यो वडामा बुटवलका पूर्व मेयर तथा एमाले नेता भोजप्रसाद श्रेष्ठको पनि घर छ ।  वडा सदस्यमा भने एमालेका सीता खनाल, सबिता विक, माओवादीका हरि ज्ञवाली र जनमुक्तिका तुलबहादुर थापा विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप