‘चुम्बन गरे ओठ काटिदिन्छु’ छोरी सुहानाको प्रेमीमाथि शाहरुख खानको त्यो बयान
शाहरुख खानकी छोरी सुहाना खान आज आफ्नो २२ औँ जन्मदिन मनाइरहेकी छिन् । शाहरुख आफ्ना छोराछोरीका लागि कति प्रोटेक्टिभ छन्, त्यो जगजाहिर छ । शाहरुख खानले एकपटक आफ्नी छोरीसँग सम्बन्धमा रहने व्यक्तिले पूरा गर्नुपर्ने शर्तबारे कुरा गरेर धेरैलाई चकित पारेका थिए । उनकी छोरीको जन्मदिनको अवसरमा उनले छोरीसँग सम्बन्धमा रहने व्यक्तिबारे गरेको टिप्पणीबारे पुनः जानकारी लिऔँ ।
शाहरुख खानले आफ्ना बच्चालाई सधैँ उनीहरुको मर्जीले बाँच्ने स्वतन्त्रता दिन्छन् । उनले यो कुरा थुप्रै अन्तरवार्तामा बताइसकेका छन् । सुहानाको जन्मदिनमा मानिसहरुलाई शाहरुखले भनेको त्यो पुरानो कुरा याद आयो । वास्तवमा वर्षौं अघि शाहरुख खान, आलिया भट्टसँग करण जोहरको शो कफी विद करणमा पुगेका थिए । मस्ती–मजाकको सिलसिला सुरु थियो । यतिबेला सुहानाको कुरा चल्यो र शाहरुखले अचम्मित गरिदिने बयान दिए ।
कफी विद करणमा करण, शाहरुखलाई सोध्छन्, ‘तपाईंकी छोरी १६ वर्षकी छिन्, तपाईंकी छोरीलाई चुम्बन गर्ने व्यक्तिलाई के तपाईं कुट्नुहुन्छ ?’ करणको जवाफ सुन्ने बित्तिकै शाहरुखले एकछिन साचे र भने, ‘म उसको ओठ नै काटिदिन्छु ।’ शाहरुखको जवाफ सुनेर आलिया र करण दुबैले आफ्नो हाँसो रोक्न सकेनन् ।
राष्ट्रिय टेलिभिजनमा छोरी सुहानाका लागि यस्तो कुरा गरेर उनी आफ्ना सन्तानप्रति कति प्रोटेक्टिभ छन् भनेर पुष्टि गरेका छन् । सुहाना छिट्टै जोया अख्तरको फिल्म ‘द आर्चिज’ मा देखिनेछिन् । हालै फिल्मको टिजर रिलिज गरिएको थियो । टिजर रिलिज भएपछि शाहरुखले सुहानाका लागि एउटा पोस्ट पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
