‘एसईई प्रिन्सेज २०२२’ का लागि २५ प्रतियोगी छनौट
सिजन मिडियाद्वारा आयोजित ‘नामी कलेज एसईई प्रिन्सेस २०२२’ को अन्तिम स्पर्धाका लागि २५ प्रतियोगी छनौट भएका छन् । प्रतियोगिताको प्रारम्भिक अडिसनबाट ती प्रतियोगी छानिएका हुन् ।
एसईई दिएर बसेका छात्राहरूको प्रतिभा निखार्ने उद्देश्यले नियमित आयोजना हुँदै आएको प्रतियोगिताको यो १० औं संस्करण हो । नामी कलेज र ह्वाइट हाउस इन्टरनेशनल कलेज समेत जोडिएको प्रतियोगिताको छनौट चरणको निर्णायक मण्डलमा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, पत्रकार दिपेन्द्र अधिकारी, मोडल तथा नायक कसिस क्षत्री र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसी रहेका थिए ।
प्रतियोगिताको अडिसनबाट छानिएका छात्राहरु अहिले अन्तिम प्रतियोगिताका लागि प्रशिक्षणमा जुटेका छन् । प्रशिक्षणको क्रममा उनीहरुलाई पौडी, शारीरिक फिटनेश, फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धि विभिन्न प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
रोजिन शाक्यको कोरियोग्राफी रहने प्रतियोगिताका शीर्ष विजेताले ‘नामी कलेज एसइई प्रिन्सेस २०२२’ को ताज, १ लाख नगदसहित उच्च शिक्षाका लागि विभिन्न कलेजमा २ लाख बरावरको छात्रवृत्तिसमेत प्राप्त गर्न सक्ने सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण