जगन्नाथले भने, ‘विशेष कार्यक्रममार्फत फेरि आउँछु’
भरतपुर महानगरपालिककाे मेयर पदका उम्मेदवार रहेका नेपाली काँग्रेसका बागी नेता जगन्नाथ खतिवडाले आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै विशेष कार्यक्रममार्फत छिट्टै जनताको सामिप्यमा आउने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणना बाट मलाई प्राप्त प्रत्यक्ष करिब १५ हजार र बदर मत समेत करिब १० हजार गरी २५ हजार महानगरबासी मेरा मित्र सचेत र स्वाभिमानी काँग्रेसजन र अन्य बुद्धिजीवी समाजसेवी समेत बाट प्राप्त माया स्नेह र सहयोग का लागि हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म छिट्टै विशेष कार्यक्रम मार्फत तपाईहरुको सामिप्यमा आउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु धन्यवाद तथा जय नेपाल ।’ उनले महानगरपालिकामा निर्वाचित भरतपुर महानगरपालिकाका नगरप्रमुख रेणु दाहाल र नगर उपप्रमुख चित्रसेन अधिकारीलगायत निर्वाचित सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण