बुस्टर डोज लगाउने कम
सरकारले कोरोना भाइरस सङ्क्रमणबाट बच्नको लागि कोरोनाविरुद्धको थप मात्राको व्यवस्था गरे पनि यसप्रति नागरिकको चासो कम देखिएको छ। सरकारले कोरोनाको जोखिम कम गर्न खोपको थप मात्रा (बुस्टर डोज) व्यवस्थापन गरे पनि दोस्रो मात्रा खोप लगाएका एक चौथाइ नागरिकले पनि तेस्रो मात्रा खोप लगाएका छैनन्।
स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कअनुसार हालसम्म दोस्रो मात्रा खोप लगाएका करिब १९ प्रतिशत नागरिकले मात्र तेस्रो मात्रा खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले जिल्लामा कोरोना सङ्क्रमणविरुद्धको ‘बुस्टर डोज खोप लगाउने नागरिकको सङ्ख्या एकदमै कम रहेको बताए। 'हामीले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि सबै स्थानीय तहमा खोप पुऱ्याएका छौँ, नागरिकलाई यसको फाइदाको बारेमा सचेतनासमेत फैलाएका छौँ तर उहाँहरूले तेस्रो मात्रा खोप लगाउन चासो दिनुभएको छैन, डा. सेढाईले थपे। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण