पृथ्वीसुब्बा सहभागी कार्यक्रममा एमाले कार्यकर्ताको नाराबाजी : अन्तर्घाती मुर्दावाद !
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी सहभागी कार्यक्रममा एमाले कार्यकर्ताले नाराबाजी गरेका छन् । बुधबार एमाले पोखरा महानगर कमिटीले स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिको स्वागतमा आयोजना गरेको कार्यक्रममा कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।
कार्यक्रममा उपमहासचिव गुरुङले सम्बोधन गर्न थालेपछि कार्यकर्ताहरूले ‘अन्तर्घाती होसियार’, ‘अन्तर्घाती मुर्दावाद’, ‘अडियो भिडियो काण्ड सार्वजनिक गर’, भन्ने नारा लगाएका हुन् । स्थानीय तह निर्वाचनमा पोखराको प्रमुखका उम्मेदवार कृष्ण थापालाई एमाले कार्यकर्ताले नै भोट नदिएर चुनाव हारेको भन्दै एमाले कार्यकर्ताले नेतृत्वसामु विरोध गरेका हुन् । गण्डकी प्रदेशमा नेता गुरुङ र अधिकारीबीच गुटगत लडाई छ ।
एमालेले पोखरा महानगरको मेयरमा पहिला दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै पौडेलले एक पसलबाट चोरी गरेको भिडियो सार्वजनिक भयो । त्यसपछि एमालेले कृष्ण थापालाई उम्मेदवार बनाएको थियो । तर थापालाई हराउन गरिएको अडियो सार्वजनिक भएको थियो ।
पोखरा महानगरको मेयरमा एमालेका तर्फबाट उम्मेदवार बनेका थापा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यसँग ६ हजार ४५ मतान्तरले पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण