पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति
सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् ।
पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भइनसकेको छैन । पेट्रोलियम पदार्थमा लगाइएको उच्च करका कारण मूल्य बढ्दै गएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो।
अर्थतन्त्रको समग्र क्षेत्रमा परेको प्रभाव तथा निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधिकरण लगायतका क्षेत्रमा समग्र सुधार गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न नेपाल सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको संयोजकत्वमा एक उच्च स्तरीय कार्यदल गठन गरेको छ। बूढीगण्डकी जलविद्युत् परियोजना बनाउन उठाइएको पूर्वाधार करबाट प्रतिलिटरमा पाँच रुपियाँ र भन्सारमा लाग्ने भन्सार शुल्कबाट पाँच रुपियाँ घटाउने गरी गृहकार्य भइरहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण