देशमा ३० हजार ८७९ सहकारी, ८८ हजार ३०९ लाई प्रत्यक्ष रोजगारी
शनिबार, १४ जेठ २०७९, २१ : २६
२०७८ फागुनमा सहकारी संस्थाहरूको सङ्ख्या ३० हजार ८ सय ७९ पुगेको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ । सर्वेक्षणका अनुसार सहकारीहरुको शेयर सदस्य सङ्ख्या ७३ लाख ३७ हजार २ सय ५२ र शेयर पुँजी रू. ९४ अर्ब १२ करोड रहेको छ ।
सोही अवधिमा सहकारी क्षेत्रमा रू. ४ खर्ब ७७ अर्ब ९९ करोड बचत परिचालन भई रू. ४ खर्ब २६ अर्ब ३१ करोड कर्जा प्रवाह भएको छ। ४.६६ आर्थिक वर्ष २०७७/७८ मा सहकारी क्षेत्रमा ८८ हजार ३ सय ९ प्रत्यक्ष रोजगारी सिर्जना भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ९१ हजार ३ सय १ प्रत्यक्ष रोजगारी सिर्जना भएको छ। ४.६७ सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवं एकीकृत तथ्याङ्कको लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा ८ हजार ७ सय ६५ सहकारी संस्थाहरूलाई आबद्ध गरिएको छ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
