घरबाट बेपत्ता भएकी युवती कालिगण्डकी नदी किनारमा मृत फेला
आइतबार, १५ जेठ २०७९, १२ : ४१
पाल्पामा एक युवती घरबाट बेपत्ता भएको झण्डै एक महिना पछि कालिगण्डकी नदी किनारमा मृत फेला परेकी छन् । जिल्लाको रम्भा गाउँपालिका–३ अमिले बस्ने वीरबहादुर दर्जीकी २२ वर्षीया छोरी अस्मिता दर्जी मृत फेला परेकी हुन् ।
उनी गत वैशाख ११ गते विहान करिव १० बजेतिर घरबाट निस्केकी थिइन् । वेपत्ता भएलगत्तै उनका परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । शनिवार उनको शव कालिगण्डकी नदि किनारमा फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण