बजेटमा लुम्बिनी प्रदेशका कुन-कुन क्षेत्र प्राथमिकतामा ?
सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रलाई प्राथमिकता दिइएको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशको अधिकांश अघिल्ला योजनालाई निरन्तरता दिएको छ भने केही नयाँ योजना पनि बजेट समेटिएका छन् ।
जसमा दाडको राप्ती राजमार्गअन्तर्गतको अमिलिया–तुलसीपुर–सल्यानलगायतको सडक स्तरवृद्धिका लागि ३ अर्ब १२ करोड बजेट विनियोजन गरिएको छ । भैरहवामा भएको विमानस्थल र सेजलाई आवश्यक बजेट छुट्टाएको छ । भैरहवामा संचालन भएको विशेष आर्थिक क्षेत्र सेजलाई पूर्णरुपमा संचालनमा ल्याइने छ । यस्तै भैरहवामा गौतमबुद्ध विमानस्थललाई पूर्णरुपमा संचालन गर्दै दोस्रो टर्मिनलको काम तत्काल निर्माण सुरु गरिने छ । यस्तै रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण कार्य हुने छ । त्यसको लागि आवश्यक बजेट छुट्टयाइएको जनाइएको छ ।
क्षेत्रीय कारागार बाँकेको निर्माणका लागि बजेट छुट्टयाइएको छ । बाँकेसहित देशका १० वटा कारागारको लागि एकमुष्ट ३७ करोड छुट्याइएको छ । यस्तै रुपन्देहीको भैरहवामा एकीकृत जाँच चौकी निर्माण, बुटवल इन्टरनेट एक्सचेञ्ज केन्द्र खोल्न सम्भाव्यता अध्ययन, बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पतालसँग समन्वयमा आयोजना अगाडि बढाइने उल्लेख छ । यस्तै.बुटवल– नारायणगढ सडक आगामी आ.ब.मा निर्माण सम्पन्न गरिने छ भने बुटवल–गोरुसिङ्गे सडक निर्माणका लागि डिपिआर निर्माण, रुपन्देहीको तिनाउ नदीमा बहुउद्देश्यीय सिग्नेचर ब्रिज निर्माणको डिपिआर बनाउने छ । यस्तै बुटवल– बेलहिया सडक आगामी वर्ष निर्माण सम्पन्न गरिनेछ । यस्तै बुटवल र पाल्पामा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने उल्लेख छ । दुम्किबास–बर्दघाटको दाउन्नेमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिनेछ । बन्द रहेको बुटवल धागो कारखाना उपयुक्त ढाँचामा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
यस्तै बुटवल भैरहवामा ट्राम यातायातको सम्भावना अध्ययन गरिने, रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख छ । यस्तै सहरी नदी करिडोर कार्यक्रमअन्तर्गत रुपन्देहीको तिनाउ दानव नदी करिडोरमा तटबन्ध निर्माण र बस्ती संरक्षण कार्यक्रम गरिने उल्लेख छ । चितवन– रामपुर–बुटवल द्रुत मार्ग नयाँ योजनाका लागि बजेट व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण