बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलबार, १७ जेठ २०७९, १० : २३
मङ्गलबार, १७ जेठ २०७९

कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ जौबारीमा सोमबार बेलुका ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय महोमद हनिक रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बहादुरगञ्जस्थित शिवराज अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी ७ बजे ना २ क ८१८ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको थियो । 

ट्याङ्करसहित चालकलाई ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप