सेवाग्राहीद्वारा तिलोत्तमा-१ को कार्यालयमा तालाबन्दी
मङ्गलबार, १७ जेठ २०७९, १५ : ४६
रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । नयाँ जनप्रतिनिधि आएपनि अत्यावश्यक काम नभएको भन्दै मंगलबार सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।
वडाका अध्यक्ष फसुराम गिरी आफू कार्यालय नआएको र अरुलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएको सेवाग्राहीले बताएका छन् । उनलाई पटक पटक फोन गर्दा पनि फोन नउठाउने र फोन काट्ने गरेपछि वाध्य भएर तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले रातोपाटीलाई बताए ।
उनले उक्त वडाको डाईभर टोलमा चौकिल्ला बनाउनका लागी लगातार तीन दिनसम्म जाँदा पनि काम नभएको गुनासो गरे । उनले आफू जस्तो धेरै भएको र सवैको सहमतिमा तालाबन्दी गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण