रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
बुधबार, १८ जेठ २०७९, १४ : १८
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार शुद्धोधन गाउँपालिका वार्ड –४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । सोही गाउँपालिका वडा नम्बर ७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण