बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा  जेठ २३ गते  नीति तथा कार्यक्रम आउने

बुधबार, १८ जेठ २०७९, १६ : २४
बुधबार, १८ जेठ २०७९

लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते आगामी आर्थिक वर्षका लागि  नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रमको मस्यौदामाथि अहिले छलफल चलिरहेको जनाइएको छ ।

प्रदेश सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेर छलफल चलिरहेको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।

सरकारका सबै मन्त्रालयहरू अहिले नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा केन्द्रित भएको उनले बताए । एक चरण अन्तर मन्त्रालयबीच नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल भइसकेको  र अहिले समूहगत र मन्त्रालयगत रूपमा छलफल चलिरहेको मन्त्री खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप