कपिलवस्तुमा विद्युत् ट्रान्सफर्मर चोरी
बुधबार, १८ जेठ २०७९, २२ : २०
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ मा एक हप्ताभित्र दुई वटा ट्रान्सफर्मर चोरी भएको छ । बहादुरगञ्ज नजिकको गाउँका सिँचाइ ट्युबवेलका लागि जडान गरिएका ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी भएको हो ।
गत शनिबार देवान गढिया गाउँको पूर्वमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ भने तीन दिनपछि मङ्गलबार राति डगरमरवा गाउँमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ । हप्ता दिनमै बोरिङ सिँचाइका लागि लगाइएको ट्रान्सफर्मर चोरी हुँदा स्थानीयहरू चिन्तित भएका छन् ।
चोरी भएको जानकारी आए पनि कसले चोरेको विषयमा अनुसन्धान भइरहेको विद्युत् प्राधिकरण कृष्णनगरका प्रमुख करम आलम खाँले बताए । ट्रान्सफर्मर चोरी सम्बन्धमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जले रातिको समयमा गस्ती गरिरहेको प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण