कविता : खबरदारी बालेनलाई हैन
खबरदारी बालेनलाई हैन
खबरदारी त तिनलाई गर्ने हो
जसले बालेनलाई
काम गर्न दिंदैन
विकासको गतिमा हिँडदा हिँडदै
खबरदारी त तिनलाई गर्ने हो
जसले बालेनलाई
छिड्की लगाउन खोज्छ
घुस र भ्रष्टाचार अन्त्य गर्ने
महानगरकै ठूलो मिशनमा
खबरदारी त तिनलाई गर्ने हो
जसले बालेनको पवित्र सोचलाई
कुठाराघात गर्न खोज्छ
खबरदारी त तिनलाई गर्ने हो
जो आफू मात्र बोल्छ
बालेनको सत्य र उच्च विचार
सुन्न खोज्दैन
बालेनले देखाएको सही बाटोमा
नहिँडेर अन्त्यै हिँडन खोज्छ
बालेन त
युवाहरूको सपना
बूढा बा–आमाको मुहारको खुसी
केटाकेटीको सुन्दर भविष्य
साकार पार्ने संकल्प लिई
सधैँ अगि बढिरहन्छन्
बालेन त
यही महानगरको घेराभित्र
सुख, समृद्धि र स्वच्छताको
उज्यालो बाल्दै बाल्दै
टोल टोल सिँगारी रहन्छन्
बालेन त
लगन, परिश्रम र दृढताको साथ
सम्पूर्ण महानगरवासीलाई साथमा लिएर
काठमाडौंलाई स्वच्छ बनाउने
सफलताको लक्ष्य लिई
कोरेका आधारभूत योजनाहरु
निर्माण गर्न खटिरहन्छन्
त्यसैले
खबरदारी बालेनलाई हैन
खबरदारी त तिनलाई गर्ने हो
जसले काठमाडौंलाई
‘वाह’ भन्न लायक
बनाउन दिंदैन ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण