एकीकृत समाजवादीले सातै प्रदेशमा शीर्ष नेता खटायो, ५ दिनभित्र निर्वाचनको समीक्षा रिपोर्ट बनाउने
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सात वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा गर्न सही सूचनाको आवश्यकता रहेको निष्कर्ष निकाल्दै त्यसको सङ्कलनका लागि सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरूलाई खटाउने निर्णय गरेको हो ।
५ दिन भित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना सङ्कलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
बैठकमा गठबन्धन भित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भीर ढङ्गले छलफल गरिएको उनले बताए। उपमहासचिव तुलाधरले भने, ‘बैठक स्थानीय तह निर्वाचनको समग्र समीक्षा, गठबन्धन भित्र पनि हाम्रो पार्टी र अन्य पार्टीहरूको भूमिका र आगामी दिनमा कस्तो कार्ययोजनाका साथ अघि बढ्ने भन्ने विषयमा घनिभूत छलफल भएको छ । तर सबै सूचनाहरू प्राप्त नभएकाले सात वटै प्रदेशमा सचिवालयका सदस्यहरूलाई पाँच दिन भित्र त्यसको गम्भीर समीक्षा हुने गरी आवश्यक सूचना सङ्कलन गर्न खटाउने निर्णय गरिएको छ ।’
बैठकमा नेताहरूले गठबन्धनमा आबद्ध अन्य दलहरूले आफ्नो पार्टीलाई निर्वाचनका बेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण