आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कुन समयमा गरिने व्यायाम उपयुक्त ? अध्ययनले देखायो यस्तो तथ्य

आइतबार, २२ जेठ २०७९, १३ : ०१
आइतबार, २२ जेठ २०७९

व्यायाम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायाम गर्छन् । तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको व्यायाम समय फरक हुनुपर्छ । 

अध्ययनअनुसार पुरुषका लागि बिहानभन्दा साँझको व्यायाम उपर्युक्त हुन्छ । यसअघिका अध्ययन विशेष गरी पुरुषमा केन्द्रित थिए । अध्ययनअनुसार बिहानको व्यायाममा महिलाले बढी बोसो पगाल्न सक्छन, जबकी पुरुषका लागि साँझ उत्तम हुन्छ । भिन्न हर्मोन र जैविक चक्र, सुत्ने र उठ्ने वृत्तमा भिन्नताका कारण यस्तो हुने  अनुसन्धानकर्ताहरू बताउँछन् ।

न्युयोर्क राज्यको स्किडमोर कलेजका २५ देखि ५५ वर्ष उमेर समूहका ३० पुरुष र २६ महिलामा अध्ययन गरिएको थियो । सहभागीलाई दुई समुहमा विभाजन गरेर फिटनेस कार्यक्रममा १२ सातासम्म उनीहरुको शारीरिक प्रतिक्रियाको अनुगमन गरिएको थियो ।

दुई समूहमध्ये एउटाले बिहान साढे आठ बजेअघि र अर्को समूहले बेलुका ६ देखि ८ बजेसम्म आधा घन्टा व्यायाम गरेका थिए । दुवै समूहलाई विशेष तरिकाले डिजाइन गरिएको खानेकुरा दिइएको  थियो । 

अनुसन्धानकर्ता १२ सातासम्म हरेकको रक्तचाप र बोसो जाँच गरेका थिए । साथै उनीहरूको शक्ति, लचकता र एरोबिक जाँच गरेका थिए । बिहान वा बेलुका जुनसुकै समयमा व्यायाम गरे पनि सहभागीको समग्र स्वस्थ्य राम्रो देखिएको थियो । 

अनुसन्धान समूहले बिहानको तुलनामा पुरुषहरूका लागि साँझको व्यायाम बढी प्रभावकारी भएको फेला पारेको थियो । त्यस्तै, महिलाहरूमा पेटको बोसो बढी हुने सम्भावना भएकाले बिहानको व्यायाममा उनीहरुले बढी बोसो पगाल्न सक्ने अध्ययनमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप