‘सिद्धु मुसेवालाकै हालत बनाइदिने’ भन्ने धम्कीपछि सलमानको अपार्टमेन्टमा पुग्यो प्रहरीको टोली
सलमान खानलाई ज्यान मार्ने धम्कीपछि मुम्बई प्रहरी एक्सनमा आएको छ । सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ । सलमान खानलाई आइतबार सिद्धु मुसेवालाकै शैलीमा हत्या गरिदिने धम्की दिइएको थियो ।
सलमान खान र उनका पिता सलिम खानको नाममा अज्ञात व्यक्तिले चिट्ठी पठाएका थिए । यो चिट्ठी आइतबार बान्द्राको ब्यान्डस्ट्यान्ट प्रोमेनाडमा भेटिएको थियो । उक्त चिट्ठी सलिम खानका गार्डले त्यहाँ भेटेका थिए जहाँ सलिम मर्निङ वाकपछि गएर बस्छन् ।
धम्कीयुक्त पत्रमा लेखिएको थियो, ‘सलिम खान, सलमान खान छिट्टै तिमीहरुले हाल पनि सिद्धु मुसेवालाको झैँ हुनेछ ।’ यसबारे मुम्बईको बान्द्रा प्रहरीले एफआइआर दर्ता गरेको थियो ।
सलमान खानको सुरक्षा बढाइयोः
सिद्धु मुसेवालाको हत्यापछि सलमान खानले धम्कीयुक्त चिट्ठी पाउँदा पूरा बलिउडमा हलचल मच्चिएको छ । प्रहरी पनि यो मामिलामा सतर्क छ र यसबारे निकै सुक्ष्म ढङ्गले अनुसन्धान गरिँदैछ । सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मतको नाममा ‘जबरजस्ती’ गर्न खोजेकाे आरोपपछि युवासंघको नेतृत्व चयन अन्योल
-
गगन थापा : विश्वास, विवाद र सुधारको समीक्षा
-
‘लिग लिडर’ बन्ने धुनमा रहेको गुजरात र आत्मसम्मान फर्काउने दाउमा रहेको चेन्नई आपसमा भिड्दै
-
सांगीतिक कार्यक्रमसहित नेपालगञ्जमा पल्सर एन१२५ लन्च हुँदै
-
चिनियाँ लडाकु विमान र युद्धपोतहरू आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानी आरोप
-
'डजमा लागेर मस्कले टेस्लालाई बरबाद पारे'