‘सिद्धु मुसेवालाकै हालत बनाइदिने’ भन्ने धम्कीपछि सलमानको अपार्टमेन्टमा पुग्यो प्रहरीको टोली
सलमान खानलाई ज्यान मार्ने धम्कीपछि मुम्बई प्रहरी एक्सनमा आएको छ । सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ । सलमान खानलाई आइतबार सिद्धु मुसेवालाकै शैलीमा हत्या गरिदिने धम्की दिइएको थियो ।
सलमान खान र उनका पिता सलिम खानको नाममा अज्ञात व्यक्तिले चिट्ठी पठाएका थिए । यो चिट्ठी आइतबार बान्द्राको ब्यान्डस्ट्यान्ट प्रोमेनाडमा भेटिएको थियो । उक्त चिट्ठी सलिम खानका गार्डले त्यहाँ भेटेका थिए जहाँ सलिम मर्निङ वाकपछि गएर बस्छन् ।
धम्कीयुक्त पत्रमा लेखिएको थियो, ‘सलिम खान, सलमान खान छिट्टै तिमीहरुले हाल पनि सिद्धु मुसेवालाको झैँ हुनेछ ।’ यसबारे मुम्बईको बान्द्रा प्रहरीले एफआइआर दर्ता गरेको थियो ।
सलमान खानको सुरक्षा बढाइयोः
सिद्धु मुसेवालाको हत्यापछि सलमान खानले धम्कीयुक्त चिट्ठी पाउँदा पूरा बलिउडमा हलचल मच्चिएको छ । प्रहरी पनि यो मामिलामा सतर्क छ र यसबारे निकै सुक्ष्म ढङ्गले अनुसन्धान गरिँदैछ । सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

