एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको शपथ अन्योल
नेकपा एकीकृत समाजवादी पार्टीबाट नियुक्त भएका नयाँ मन्त्रीहरूको शपथग्रहणमा अन्योल देखिएको छ । यसको तयारी न राष्ट्रपति कार्यालयमा देखिएको छ न प्रधानमन्त्री कार्यालयमा । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले नव नियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनेबारे हालसम्म कुनै जानकारी नआएको बताए ।
स्वास्थ्य मन्त्रीबाट हटाइएका विरोध खतिवडाले पनि नयाँ मन्त्रीहरूको शपथग्रहणको कुनै टुङ्गो नलागेको बताए । यस विषयमा पार्टीमा छलफल हुँदै होला भन्दै उनले शपथ ग्रहणको टुङ्गो लागेपछि मात्र जानकारी गराइने बताए । सो पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले मन्त्रीको शपथ बारेमा पार्टीमा छलफल चलिरहेको र हालसम्म शपथग्रहण गराउने समय निश्चित नभएको बताए । उनले भने, ‘शपथग्रहण गराउने कुरा आजै थियो तर हालसम्म त्यसको टुङ्गो लागेको छैन ।’
नेकपा (एस) का एक नेताका अनुसार मन्त्रीहरू हटाइएको र नयाँ पठाइएको बारेमा पार्टीमा अझै छलफल हुन बाँकी छन् । संसद्मा बजेट अधिवेशन चलिरहेको हुनाले त्यो पास नभएसम्म नयाँ मन्त्रीहरूको शपथ होला जस्तो आफूलाई नलागेको ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण