दुई दिन साप्ताहिक बिदाका विरुद्ध परमादेश माग गर्दै रिट निवेदन दर्ता
काठमाडौं । सरकारले जेठ १ गतेबाट लागु हुने गरी साप्ताहिक बिदा दुई दिन दिने निर्णय खारेजको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि जेठ २४ गतेका लागि पेसी तोकेको छ ।
साप्ताहिक बिदा २ दिने दिने सरकारको निर्णय खारेज गर्न उत्प्रेषण परमादेशसमेत माग गर्दै रामबहादुर शाहीसहित ६ जनाले रिट निवेदन दर्ता गराएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर भएको रिट निवेदनमा हचुवाको भरमा सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको जिकिर गरिएको छ ।
दुरगामी असरलाई समेत नहेरी, विश्लेषणात्मक अध्ययन, अनुसन्धान नै नगरी सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै रिट निवेदकले सरकारको उक्त निर्णयबाट देशको आर्थिक क्षेत्रमा ठुलो प्रभाव पर्नुका साथै शिक्षा, स्वास्थ्य क्षेत्रमा जटिलता देखिने दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण