नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले छ फरक विधाका कलाकारहरूलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले संगीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ सर्जकहरूलाई पुरस्कार प्रदान गरेकी हुन्।
रङ्गमञ्च विधामा रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा जलतरङ्ग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, नाट्य विधामा नाट्यकर्मी मनबहादुर मुखिया, सङ्गीत विधामा सर्जक मोहनकृष्ण कार्की, ढली तथा लोक सङ्गीत विधामा लोक सर्जक अमर विरही गुरुङले पुरस्कार पाएका छन् । उनीहरूले ताम्रपत्रसहित जनही रु एक लाख एक पाएका छन् ।
राष्ट्रपति भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनु प्रतिष्ठानको दायित्व रहेको बताइन् । उनले सम्मानित स्रष्टा तथा सर्जकहरू राष्ट्रका यस्ता गहना भएको उल्लेख गरिन् । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठान छिट्टै नै भाडाको घरबाट आफ्नै प्रशासनिक भवनमा सरेर आगामी गतिविधिहरूलाई निरन्तरता दिने जानकारी गराए । उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण