जुम्ला जिससको निर्वाचन जेठ २९ गते, प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्का
जुम्ला जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने भएको छ । नेपाली कांग्रेसले गौरीनन्द आचार्यलाई जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा सिफारिस गरेको छ । उनी चन्दननाथ नगरपालिका–१ का वडा सदस्य हुन् ।
कर्णाली प्रदेश संसदीय समितिको निर्णयानुसार आचार्यलाई कांग्रेसले जुम्ला जिल्लाको समन्वय प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिए। जिल्लाका आठ स्थानीय तहमध्ये कांग्रेस एक्लैले पाँच स्थानीय तहमा अध्यक्ष र एक उपप्रमुखसहित दुई उपाध्यक्ष जितेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) ले दुई पालिकामा अध्यक्ष र तीन उपाध्यक्ष जितेको छ । नेकपा (एकीकृत समाजवादी) ले एक उपाध्यक्ष जितेको छ । चन्दननाथ नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतदाताका हिसाबले जुम्ला जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्काजस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
-
चीनको निर्यातमा उल्लेख्य वृद्धि
-
गायक तथा सङ्गीतकार वसन्त थापा मगरले ल्याए गीत ‘बसौँ हजुर’
-
सीमित स्रोत, भारी अपेक्षा: कसरी हुन्छ पूरा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण