आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिलीमाथि दक्षिण कोरियाको सहज जित

मङ्गलबार, २४ जेठ २०७९, ०७ : १५
मङ्गलबार, २४ जेठ २०७९

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २–० को जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही–चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे ।

खेलको १२औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो । यस्तै, इन्जुरी समयमा सनले गोल गरेपछि कोरियाले २–० को जित निश्चित गरेको हो । 

यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा कोरिया ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । यस्तै, चिलीले भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप