शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत

मङ्गलबार, २४ जेठ २०७९, ०७ : ३७
मङ्गलबार, २४ जेठ २०७९

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् । कञ्जरभेटिभका ३ सय ५९  जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए  भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका थिए। उनलाई  विश्वासको मत  जित्नका लागि १ सय ८० मत आवश्यक हुन्छ ।  

आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका हुन् । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना  सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाइएको थियो ।

विश्वासको मतका लागि बेलायती समय अनुसार  हिजो बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप