बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत
मङ्गलबार, २४ जेठ २०७९, ०७ : ३७
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् । कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका थिए। उनलाई विश्वासको मत जित्नका लागि १ सय ८० मत आवश्यक हुन्छ ।
आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका हुन् । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाइएको थियो ।
विश्वासको मतका लागि बेलायती समय अनुसार हिजो बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण