बेलायती दूतावासको टोली र बुटवल उद्योग वाणिज्य सङ्घको पदाधिकारीबीच छलफल
बुटवल उद्योग वाणिज्य सङ्घ र बेलायती दूतावासको टोलीबीच रुपन्देहीमा उद्योगी व्यवसायीहरूसँग सम्बन्धित क्षेत्रमा समस्या र समाधानका विषयमा अन्तरक्रिया छलफल गरेको छ । दूतावासको टोलीले सरकारी नीतिले औद्योगिक तथा व्यावसायिक क्षेत्रका पारेको प्रभाव तथा प्रादेशिक स्तरमा साना तथा मझौला उद्योग र उद्यमशीलता प्रवर्द्धनमा देखिएका समस्या,चुनौती र समाधानका उपायका बारेमा आज बुटवल छलफल गरेको थियो ।
विशेष गरेर व्यावसायिक कृषि, पर्यटन, उत्पादनमूलक उद्योग, निर्माण तथा आई टी क्षेत्रका उद्योगी व्यवसायीसँग विकास क्रमको विषयमा छलफल भएको बुटवल उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
उक्त अवसरमा बेलायती दूतावासका निर्देशक अर्थशास्त्री प्रोफेसर अडमान खानले उद्योगी व्यवसायीलाई नीतिगत रूपमा समस्याहरू छन् र ती समस्या समाधान गर्न पहल गर्ने बताएका थिए । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले सरकारको नीतिका कारण साना उद्योगी व्यवसायी मर्कामा गरेको र कति पय नीतिहरू सुधार गर्नुपर्ने उल्लेख गरे ।
बुटवल सङ्घका कार्यक्रम अधिकृत केशव ढकालले सङ्घका कार्यक्रम तथा योजनाको बारेमा जानकारी गराउँदै विद्यमान नीतिहरूको बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण