श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया १० विकेटले विजयी
बुधबार, २५ जेठ २०७९, ०६ : १२
श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया विजयी भएको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय २९ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान आरोन फिन्चले अविजित ६१ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो ।
श्रीलंकाका लागि चारिथ असलंकाले ३८ रन जोडे । यस्तै पाथुम निशंकाले ३६ तथा दनुश्का गुनाथलिकाले २६ रन जोडे। अष्ट्रेलियाका जोश हाजलउडले ४ तथा मिचेल मार्शले ३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण