१६ दिने शिशु हत्या प्रकरण : किशोरीलाई गर्भधारण गराउने युवक मुस्ताङमा
दाङमा १६ दिने नवजात शिशुको हत्या गर्ने १५ वर्षीया किशोरीलाई गर्भधारण गराउने पुरुष मुस्ताङमा रहेको खुलेको छ । बुधबार राप्ती गाउँपालिका–३ निवासी १५ बर्षीया दलित समुदायकी अविवाहित एक किशोरीले आफ्नो १६ दिने शिशु (छोरी) लाई सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरेको घटना बाहिरिएको थियो । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेकी किशोरीले आफुलाई गर्भधारण गराउने पुरुषका बारेमा पोल खोलेकी छन् ।
उनले आफुलाई सोही वडाका स्थानीय युवक २२ वर्षीय विकास घर्तीमगरले गर्भधारण गराएको बताएकी हुन् । घर्तीमगर अहिले रोजगारीका सिलसिलामा मुस्ताङमा रहेको र उनलाई झिकाउने तयारी भैरहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले रातोपाटीलाई जानकारी दिए ।
घरको आर्थिक अवस्था दयनीय रहेको र सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहरा नपाएका कारण किशोरीको स्वास्थ्य अवस्था कमजोर भएको छ । किशोरीलाई अहिले प्रहरीको निगरानीमा राप्ती विज्ञान प्रतिष्ठानमा उपचारार्थ राखिएको छ । किशोरीले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण