चाउचाउ मात्रै खुवाएको आरोपमा पत्नीसँग सम्बन्धविच्छेद
चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धविच्छेदका लागि अघि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् ।
श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनाउँथिन् । श्रीमतीलाई चाउचाउबाहेक अरु केही पकाउन नजान्दा श्रीमान निराश भएका थिए । त्यसपछि आपसी सहमतिमा दम्पती अलग भएका थिए ।
पछिल्लो समयमा अस्वभाविक कारण जस्तैः तरकारीमा पर्याप्त नुन नहाल्ने, विवाहमा उपर्युक्त लुगा नलगाउनु, पत्नीलाई बाहिर नलैजानु आदि विषयलाई लिएर अदालतमा उजुरी बढेका पाइन्छन् । कतिपय घटना त विवाह समारोह सकिए लगत्तै हुने गर्छन् । ‘पछिल्ला समयमा सम्बन्ध विच्छेद नाटकीय रूपमा बढेको छ’, न्यायाधीश एम एल रघुनाथले भने । भारतको १९५४ को विशेष विवाह कानुनअनुसार सहमतिबाट सम्बन्ध विच्छेद गर्नुअघि एक वर्षसम्म छुट्टिएर बस्नु पर्छ ।
‘दम्पतीले सम्बन्धविच्छेद गर्नुअघि कम्तिमा एक वर्ष सँगै बस्नुपर्ने हुन्छ । त्यस्तो कानून नभएको भए विवाह हलबाट सम्बन्ध विच्छेदको निवेदन पर्दथ्यो ।’, उनको भनाई उद्धृत गर्दै द न्यु इन्डियन एक्सप्रेसले जनाएको छ ।
मुद्दा चलेको समयावधि र सो घटनामा संलग्न दम्पतीको नाम उल्लेख गरिएको छैन् । उनका अनुसार ग्रामिणभन्दा सहरी क्षेत्रमा सम्बन्धविच्छेद दर बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण