बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

५८ वर्षमा राजेश हमालले काटे १८ औं जन्मदिन लेखिएको केक

शुक्रबार, २७ जेठ २०७९, ०८ : ४७
शुक्रबार, २७ जेठ २०७९

अभिनेता राजेश हमाल अभिनित म्युजिक भिडियो  ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरिएको छ । हमालको ५८ औं जन्मदिनको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । जसको सार्वजनिक हमालले नै गरेका थिए ।

ससुराली रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो टिमको तर्फबाट हमालको जन्मदिनको केक समेत काटिएको थियो । जसमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो ।

‘म जब १८ बर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले केकमा १८ वर्ष लेखिएको होला’ केकमा लेखिएको १८ वर्षको बिषयमा हमालले सबैको जिज्ञासा मेटाए ।

राजु परियार र करुणा राईको स्वर रहेको सार्वजनिक गीतमा शब्द र संगीत गोविन्द पराजुलीको छ । यस्तै गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैले अभिनय गरेकी छिन् । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् । 

गायिका करुणाले सानैदेखि राजेशसँग अभिनय गर्ने चाहाना भिडियोले पुरा गरेको बताइन् । ‘मैले कहिल्यै सोचेकी पनि थिइन्, कि राजेश दाइसँग यसरी भिडियोमा काम गर्न पाउँछु । यो मेरो लागि ठूलो अवसर हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप