यस्तो छ फलफूल तथा तरकारीको आजको मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार शनिबारको तुलनामा आइतबार कुनै फलफूल तथा तरकारीको मूल्य वृद्धि भएको छ भने कुनैमा मूल्य स्थिर छ । यो थोक मूल्य हो, बजारमा खुद्रा भाउ भने यो भन्दा बढी हुने गर्छ ।
समितिकाअनुसार आज आइतबार ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेँडा ३५ रुपैयाँ, टनेल गोलभेँडा ४६ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ३५ रुपैयाँ ८० पैसा, लोकल बन्दा ८० रुपैयाँ, स्थानीय काउली ५६ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, तने बोडी ६२ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा र लोकल सिमी ५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, भिण्डी प्रतिकेजी ३० रुपैयाँ, स्कुस ४५ रुपैयाँ, स्कुस ४५ रुपैयाँ, रायोको साग ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैयाँ, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, तितो करेला २७ रुपैयाँ ५० पैसा, भटमास कोशा ९० रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, सेलरी २२५ रुपैयाँ, तामा ११५ रुपैयाँ, कागती १६५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, भुईँ कटहर १७० रुपैयाँ, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा र किवि ५२५ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण