यस्तो छ, तरकारी तथा फलफूलको आजको मूल्यसूची
मङ्गलबार, ३१ जेठ २०७९, १० : १९
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ ।
रातो आलु न्यूनतम ४२ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने मुडेको आलु ३८ रुपैयाँ प्रति केजी रहेको छ । सेतो मुला लोकल ३० रुपैयाँ प्रतिकेजी, हाइब्रिड भने ५० रुपैयाँ रहेको छ । समितिका अनुसार स्थानीय ज्यापु काउली ५० रुपैयाँ केजी रहेको छ ।
लाम्चो भण्टा १५ रुपैयाँ केजी, तने बोडी ५० रुपैयाँ प्रतिकेजी, सुकेको प्याज ३६ रुपैयाँ, घिउसिमी ४० रुपैयाँ, तितेकरेला २० रुपैयाँ रहेको छ ।
रुखकटहर ४०, काक्रो ३५ रुपैयाँ, हरियो खुर्सानी ४०, हरियो धनियाँ ५० रुपैयाँ प्रतिकेजी रहेको छ । खुद्रा बजारमा यो मूल्य सूचीभन्दा फरक मूल्य पनि पर्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण