पाँच दलको गठबन्धन सम्मानजनक भएन : खनाल
नेकपा (एकीकृत (समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समीक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रीय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समीक्षासम्बन्धि प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।
सचिवालयको तर्फबाट प्रस्तुत सो समीक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनले प्रतिवेदनमा नेताहरूले आ–आफ्नो धारणा राखेको र त्यसबाट शिक्षा लिएर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको समेत बताए । खनालका अनुसार प्रतिवेदनमा पाँच दलीय गठबन्धन सम्मानजनक नभएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालिएको छ ।
सम्मानित नेता खनालले भने, ‘स्थानीय तह निर्वाचनको सम्बन्धमा समीक्षा बैठक हो यो । समीक्षा सम्बन्धी एउटा प्रतिवेदन तयार भएको छ । यसमा सबैले आ–आफ्नो कुरा राख्नु भएको छ । छलफल हुँदैछ । र, यो समीक्षाको सन्दर्भमा वास्तवमा पाँच दलको बीचमा जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले भएन । सम्मानजनक भएन । त्यसले गर्दा खेरी आउनुपर्ने परिणाम पनि आएन । कुरा त्यो हो । तर, त्यसबाट के शिक्षा लिने भन्ने बारेमा अझै छलफल गर्दैछौं । त्यो क्रम जारी छ ।’ बैठक भोलि (बुधबार) पनि जारी रहने र निर्वाचनको समीक्षाबारे पार्टीको ठोस धारणा सार्वजनिक हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण