एकीकृत समाजवादीको समीक्षा बैठक : सातै प्रदेशका इञ्चार्जद्वारा रिपोर्ट प्रस्तुत
नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीको १२ औं बैठकमा सातै प्रदेशका इन्चार्जहरुले आ आफ्नो प्रदेशको रिपोर्ट पेस गरेका छन् । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकमा रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेस प्रदेशबाट रामचन्द्र यादब, बागमती प्रदेशबाटसावित्रा भुसाल, गण्डकी प्रदेशबाट केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट भागवत विश्वासी, कर्णाली प्रदेशबाट प्रकाश ज्वाला र सुदुरपश्चिम प्रदेशबाट गरिमा शाह थिए ।
बैठकमा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले बैठकलाई सम्बोधन गरेलगत्तै भने ७ वटै प्रदेशबाट प्रदेश इञ्चार्जहरुले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेका थिए । पार्टी उपमहासचिव डा. विजय पौडेल स्वास्थ्यमा केही समस्या उत्पन्न भई उपचाररत रहेकोमा बैठकले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेको थियो ।
बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ । भोलिको बैठकमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण