२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार
बुधबार, ०१ असार २०७९, ०८ : ०२
लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो ।
विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत जिल्लामा भेटिएका हुन् । परियारको उद्धार गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
प्रहरीले नेपाली राजदूतावास, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो, दिल्लीस्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुरको सहयोग र समन्वयमा परियारको उद्धार गरी नेपाल ल्याएको हो । परियारलाई प्रहरीले उनका आफन्तको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत : बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
-
सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
-
गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान (तस्बिरहरू)
-
अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
-
चुनौतीका बिच पूर्वराजा शाहको क्यारिकेचर गरेका थिए प्रेमले