राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : सांसद किराँती
नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् ।
उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा एसपीपीबारे सरोकारवालाहरुको छलफलमा सांसद किराँतीले भने, ‘नेपालको परराष्ट्र नीति अनुसार चल्नुपर्यो, राष्ट्रघात गर्ने जो कसै नेतालाई जेल हाल्नुपर्यो ।’
उनले एसपीपी प्रकरणमा नेपाली सेनाले निकालेको विज्ञप्ति र अमेरिकी दुतावासले निकालेको विज्ञप्तिमा किन विरोधाभाष भएको पनि बताए । छलफलमा बोल्दै उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित हुनुपर्ने धारणा समेत राखेका छन् । ‘प्रधानमन्त्री अमेरिकाको नीजि भ्रमण हैन, सरकारी भ्रमण हो भने एजेन्डा के के हुन् ? चुनावको बेला हुन लागेकोले यसलाई स्थगित गरियोस्’सांसद किराँतीको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण