रुपन्देही जिसस प्रमुखमा गठबन्धनका चपाई विजयी
जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा उमाकान्त चपाई २० मत ल्याइ विजयी भएका छन् । भैरहवामा शनिवार सम्पन्न निर्वाचनमा गठबन्धन प्यानलबाट नेपाली काँग्रेसका चपाई उम्मेदवार बनेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत ल्याएको निर्वाचन सहायक अधिकृत गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।
यस्तै, महिला सदस्यमा नेपाली काँग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा काँग्रेसकै राजमनप्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९, लोसपाका मुकेशकुमार पाण्डे १८ मत ल्यायी विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण