मन्तव्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न
ललितपुर महानगरपालिका २० वडा युवा समितिको आयोजनामा एक हप्ते मन्तव्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । ललितपुरको ख्वाय्बहीस्थित लोटस रिसर्च सेन्टरमा भएको यस प्रशिक्षणमा करिब २० जना युवाहरुको सहभागिता रहेको थियो ।
लोटस रिसर्च सेन्टरकै हलमा आयोजना समापन समारोह ललितपुर महानगरपालिका २० वडा अध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण पश्चात आफ्नो मन्तव्यका क्रममा वडाध्यक्षले भौतिक विकासलाई मात्रै प्राथमिकतामा नराखी वडाबासीको आर्थिक, सामाजिक एवं व्यक्तित्व विकासलाई पनि उत्तिकै ध्यान दिने बताए । यस प्रशिक्षणमा सहभागी सम्पूर्णमा मात्र एक साताको प्रशिक्षणले मन्तव्य तथा उद्घोषण कलामा देखिएको प्रगतिले आफू निकै प्रभावित भएको उनको भनाइ थियो ।
कार्यक्रमका सभापति, नेपाली काँग्रेस २० वडा इकाई समिति सभापति तथा वडा सदस्य शैलेन्द्र शाक्यले प्रशिक्षणबाट प्रशिक्षार्थी तथा आयोजक निकै हौसिएको बताउँदै अबका दिनहरुमा यस्तै प्रशिक्षणको आयोजना बृद्धि हुने बताए । समारोहमा वडा सदस्यहरु गीता महर्जन, इकाई उपसभापति तथा प्रशिक्षण संयोजक रामगोपाल महर्जन, प्रशिक्षक सुरजवीर बज्राचार्यले मन्तव्य राखेका थिए ।
प्रशिक्षण ललितपुर महानगरपालिका २० वडाको आर्थिक सहयोगमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण