पहिरोले अवरुद्ध बेँसीशहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै

लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे-बेँसीशहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ ।
शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।
पहिरोको सडक मंगलबार दिउँसो १ बजेसम्म मर्मत सक्ने तयारी भइरहेको डुम्रे-बेँसीशहर-चामे सडक योजना प्रमुख अच्युतविलास पन्तले बताए ।
उनका अनुसार सेनाको चण्डीप्रसाद गण जाने गेटबाट गण प्रवेश गर्ने सडक प्रयोग गरी पहिरोको फेद मर्स्याङ्दी नदी किनारबाट पहिलेको सडक भएको ठाउँबाट रिट्ठेबगर हुँदै उदिपुर भएर यो सडक प्रयोगमा आउनेछ । त्यसपछि सबैखाले सवारीसाधन सञ्चालन गर्न सकिनेछ । पहिरो खस्न नदिन जालीहरू प्रयोग गर्ने, एउटा भ्याकुलोडर स्टेन्डबाइ राख्ने सडक कार्यालयले जनाएको छ ।
पहिरोमा दीर्घकालीन काम गर्न सडक निर्माणका लागि असारमा निर्माण कम्पनीसँग सम्झौता हुने कार्यालयले जनाएको छ । हाल बेँसीशहर-डुम्रे सडकखण्डको उदिपुरबाट ठूला सवारीसाधन आवतजावत गर्न पाएका छैनन् । साना सवारीसाधन भने उदिपुर-१ घिमिरे गाउँ हुँदै आवतजावत गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा ११ अङ्कको गिरावट, कारोबार रकम ९ अर्बमाथि
-
उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै
-
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै