टाटा मोटर्सको गाडीको भाउ बढ्यो
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो उत्पादनहरूको मूल्य बढाएको छ । कम्पनीले यसको प्यासेन्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो ।
हाल बजारमा सवारी साधन निर्माण एवम् उत्पादनलाई आवश्यक कच्चा सामग्री, वस्तुहरू, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढ्दो छ । यसो हुँदा सावरी साधन निर्माणको खर्च पनि बढेको भन्दै कम्पनीले बिक्री मूल्य समेत बढाउनुपरेको जनाएको छ ।
टाटा मोटर्सले भारतीय बजारमा गत अप्रिल २३ देखि लागू हुनेगरी आफ्नो गाडीहरूको बिक्री मूल्य बढाएको छ । त्यसमध्ये प्यासेन्जर भेइकल (गाडी)को मूल्य मोडल र भेरियन्ट अनुसार १.१ प्रतिशतसम्म बढाएको छ ।
कम्पनीले यसभन्दा अघि गत जनवरीमा समेत गाडीको मूल्य ०.९ प्रतिशतसम्मले बढाएको थियो । यसर्थ, सन् २०२२ मा टाटा मोटर्सका उत्पादनको मूल्य बढेको यो दोस्रो पटक हो ।
टाटा मोटर्सले यसपटक नेक्सन ईभी को मूल्य भने भारु २५ हजार रुपैयाँले बढाएको छ । भारतीय बजारमा टाटा मोटर्सको उत्पादनमध्ये टियागो, पन्च र ह्यारिअर लोकप्रिय छन् ।
नेपालमा भने टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ को टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच–५, सफारी, नेक्सन ईभी र टिगोर ईभी उपलब्ध छ ।
भारतीय बजारमा गाडीको मूल्य बढेसँगै नेपालमा पनि गाडीको मूल्य बढ्ने निश्चित रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण